दाङमा मिटर ब्याजको आरोपमा सात जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । साउन २५, अनुचित लेनदेन (मिटर ब्याज) को आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले दुई पुरुष र पाँच महिला गरी सात जनालाई पक्राउ गरेको छ ।

मिटर ब्याज तोकेर मानसिक तनावसमेत दिएको भन्दै १० जनाले उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । पीडितहरूले सात जनाविरुद्ध विभिन्न २४ वटा मुद्दा दर्ता गरेका छन् ।

पीडितहरूलाई सङ्गठित गरेर न्यायिक प्रक्रियामा पठाइएको नागरिक बचाउ अभियानका राप्ती संयोजक कुलबहादुर डाँगीले बताउनुभयो ।

उहाँले घोराहीकै अरू दुई जना महिलाले थप २५ जनालाई अनुचित रूपमा ठगी गरिरहेको पाइएकाले मुद्दाको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

 

प्रकाशित : 9 August, 2024

प्रतिक्रिया दिनुहोस्