पेरिस ओलम्पिकमा नेपालकी सन्तोषीले ७९ औं स्थानमा रहेर दौड पूरा

सहयात्रा टिभी

काठमाडौं । साउन २७, पेरिस ओलम्पिक २०२४ को महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहेर दौड पूरा गरेकी छन् ।

पहिलो पटक ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाएकी उनले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पूरा गरिन् ।

राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेपनि सन्तोषी त्यसमा सफल भइनन् । उनले जनवरीमा ढाकामा भएको बंगबन्धु म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डको कीर्तिमानी समयमा स्वर्ण जितेकी थिइन् ।

दश दिनअघि नै पेरिस पुगेर त्यहाँको वातावरणमा घुलमिल भएकी सन्तोषीले म्याराथन कोर्स कठिन भएपनि म्याराथन दौड भने पूरा गरिन् । यस इभेन्टमा ११ खेलाडीले म्याराथन बीचमै त्यागेका थिए ।

नेदरल्याण्ड्सकी सिफान हसनले २ घण्टा २२ मिनेट ५५ सेकेण्डको ओलम्पिक कीर्तिमानी समय निकाल्दै म्याराथनमा स्वर्ण जितिन् ।

प्रकाशित : 11 August, 2024

प्रतिक्रिया दिनुहोस्