साउनको अन्तिम सोमवारआज पशुपतिनाथसहित देशभरका शिवालयमा घुइँचो
सहयात्रा टिभी
काठमाडौं । साउन २८, आज साउनको अन्तिम सोमवार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
पशुतिमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।
साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्छ ।
आज काठमाण्डौ उपत्यकामाा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा दर्शनार्थीको घुइँचो छ ।
देवघाटधामस्थित सङ्गमेश्वर पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवम् १०८ शिवलिङ्गमा जल चढाउन लामवद्ध भएका भक्तजन ।