विदेश सचिव मिश्री र उपप्रधानमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । साउन २८, नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता भएको छ ।

सोमबार बिहान शहरी विकास मन्त्रालयमा भएको भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री सिंहले स्वच्छ भारत अभियान र गंगा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरे ।

त्यस्तै, मन्त्री सिंहले नेपाली नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण आवश्यक रहेको बताए ।

 

प्रकाशित : 12 August, 2024

प्रतिक्रिया दिनुहोस्