प्रतिनिधिसभामा टीआरसी विधेयकमाथि छलफल हुँदै

सहयात्रा टिभी

काठमाडौं । साउन ३०, संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा बुधबार प्रतिनिधिसभामा छलफल हुँदैछ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा बुधबार छलफल हुन लागेको हो ।

छलफल सुरु हुनुअघि प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले टीआरसी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

प्रतिनिधिसभामा बुधबार टीआरसी विधेयक र उक्त विधेयकमाथि कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि उक्त विधेयकमाथिको छलफलमा भाग लिएका छन् ।

 

 

 

प्रकाशित : 14 August, 2024

प्रतिक्रिया दिनुहोस्