थाइल्याण्डको अदालतद्धारा प्रधानमन्त्री थबिसिनलाई बर्खास्त

सहयात्रा टिभी

काठमाडौं । साउन ३०, थाइल्याण्डको संवैधानिक अदालतलले प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको छ ।

जेल बसेको एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको आरोपमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरिएको हो ।

६७ वर्षीय थबिसिनले नैकितकताका नियम उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण व्यवहार गरेको अदालतको ठहर छ ।

उनी एक वर्षभन्दा पनि कम समय प्रधानमन्त्री रहे । साथै उनी पछिल्लो १६ वर्षमा संवैधानिक अदालतले हटाएका तेस्रो प्रधनमन्त्री हुन् ।

अदालतको फैसलाले थाइल्याण्डमा राजनीतिक अस्थिरताको आशंका बढेको छ । किनकी थाइल्याण्डको राजनीति नैतिकताका लागि चिनिँदैन, बरु घुसखोरी सामान्य जस्तै छ र, विगतमा निकै गम्भीर आरोप लागेका मानिसहरु समेत मन्त्री पदमा रहे ।

धेरैले यसलाई राजनीतिक फैसला भनेका छन् । तर यसका लागि कसले दबाव दिएका थिए भन्ने प्रष्ट छैन । प्रधानमन्त्री थविसिनले २७ अप्रिलमा वकिल समेत रहेका सिनेटर पिचित चुएनबनलाई प्राधनमन्त्री कार्यालयको मन्त्री नियुक्त गरेका थिए ।

विगतमा घुस लिने प्रयास गरेको आरोपमा ६ महिनाको सजाय सुनाइएका उनलाई मन्त्री बनाएपछि प्रधानमन्त्री थविसिनले पदमुक्त गर्न माग गर्दै करिब ४० सिनेटर अदालत गएका थिए । चुएनबनले १९ दिनमै पद छाडे ।

तर बुधबार नौ न्यायाधीशमध्ये ५ जनाले चुएनबनलाई मन्त्री नियुक्त गरेर नैतिकताको उल्लंघन गरेको अभियोगमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरेको हो ।

 

प्रकाशित : 14 August, 2024

प्रतिक्रिया दिनुहोस्