सुनचाँदीको मूल्य स्थिर
सहयात्रा टिभी
काठमाडौं । साउन ३१, नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।