अख्तियार र कर्मचारीको अन्तरविरोधले शासन नै जाम हुने हो कि : प्रचण्ड

काठमाडौं । साउन ३१, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्मचारीको अन्तरविरोधले शासन नै जाम हुने हो कि भने जस्तो अवस्था बेलामौकामा देखिने गरेको बताएका छन् ।
भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा यो जटिलता फुकाउने पर्ने उनले बताए । विधेयकमाथि छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार अख्तियारका पदाधिकारीहरुलाई बोलाएको थियो ।
समितिका सदस्य समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले कार्यकारी प्रमुखका रुपमा काम गर्दैगर्दा अख्तियार प्रमुखसँग धेरै छलफल गरेको स्मरण गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी बनाउनुपर्ने र त्यो बेला कर्मचारीतन्त्रमा आतंक जस्तो हुने गरेको भन्दै उनले भने,
कार्यकारी प्रमुखमा पुग्ने वा मन्त्री हुने सबैले यो समस्या महसुस गरेका भन्दै उनले भ्रष्टाचार निवारण ऐन संशोधन गर्दा यो जटिलता फुकाउन जरुरी रहेको बताएका छन् ।
अख्तियारले मुद्दा दर्ता गर्नासाथ निलम्बनमा परेकाहरु अदालतबाट सफाइ पाएर फर्किएका थुप्रै उदाहरण रहेको उनले बताए ।