उतारचढाव बिच ३ हजार विन्दुबाट ओर्लियो नेप्से

सहयात्रा टिभी

काठमाण्डौ । भदौ २, उतारचढाव बिच  सेयर बजार ३ हजार विन्दुबाट ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ ।

अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो ।  ११ : ५८ बजे ३०४८ अंकसम्म पुगेको बजार २ : ४२ बजे २९४७ अंकसम्म झरेको थियो ।

बजार घट्दा कारोबार रकम पनि उल्लेख्य छ । दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भयो । अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो ।

नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । सगरमाथा जलविद्युत् कम्पनीको ८.५, न्यादी हाइड्रोको ८.४, शुभम पावरको ७.७, मातृभूमि लघुवित्तको ७.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, कुमारी बैंक, एचआईडीसीएल र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

 

 

 

 

प्रकाशित : 18 August, 2024

प्रतिक्रिया दिनुहोस्