दक्षिण कोरियाली राष्ट्रपति मुन किम जोङ-उनसँग वार्ताका गर्न तयार

सहयात्रा टिभी

पुस २७– दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले दुई कोरियाबिचको सम्बन्ध सुधारका लागि कोरियाली राष्ट्रपति किम जोङ–उनसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।

वातावरण मिले जुनसुकै बेला अन्तर कोरियाली सम्मेलन आयोजना गर्न सकिने पनि इनले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ , सन् २०१८ को पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति इनले वार्ताका लागि वार्ता गर्न नसकिने तर त्यसबाट ठोस निश्कर्ष निस्कने गरी वार्तामा बस्नुपर्ने बताउनुभयो ।

दुई कोरियाबिच कोरियाली प्रायद्विपमा शान्ती कायम राख्न सैन्व वार्ता गर्ने सहमति भएको भोलिपल्ट राष्ट्रपति इनको अभिव्यक्ति सार्वजनिक भएको हो । इनले गृष्मकालीन ओलम्पिकमा खेलाडी पठाउने उत्तर कोरियाको निर्णयलाई सकारात्मक कदम भन्दै स्वागत समेत गर्नुभएको छ ।

प्रकाशित : 11 January, 2018

प्रतिक्रिया दिनुहोस्