सुनसरीमा टाउको अलग भएको अवस्थामा एक शव फेला

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३, सुनसरीको गढी गाउँपालिका–२ मा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका-६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो ।

उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।

हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

 

 

 

प्रकाशित : 19 August, 2024

प्रतिक्रिया दिनुहोस्