कांग्रेस सभापति देउवाको निवास अगाडि राखेको शंकास्पद वस्तु निस्क्रिय

सहयात्रा टिभी

धनगढी । भदौ ९, धनगढी उपमहानगरपालिका -४ मा रहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अगाडि राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

शनिबार राति ड्युटीमा रहेको प्रहरीले देउवाको निवासको बाहिरपट्टीको सडकमा कालो झोलामा तार देखिने गरि शंकास्पद वस्तु देखेको थियो । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली एकाबिहानै घटनास्थल पुगेको थियो । केही बेरअघि गरिएको डिस्पोजलमा इलेक्ट्रिक केतली भित्र बालुवा हालेको र त्यो बालुवाभित्र पनि सानो टिफीनको बक्सा जस्तो देखिने वस्तु राखिएको फेला परेको हो ।

नेपाली सेनाको टोलीले उक्त वस्तु निस्क्रिय पारेको हो । त्यसमा विस्फोटक रहे नरहेको प्राविधिक परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । देउवाको उक्त निवास सुदूरपश्चिमका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेका थिए ।

प्रकाशित : 25 August, 2024

प्रतिक्रिया दिनुहोस्