क्रसरले खनेको खाल्डोमा डुबेर सर्लाहीमा एक किशोरको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका१७ वर्षीय निशान्त थापामगर छन् । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार शनिबार दिउँसो निशान्त साथीहरुसित पौडी खेल्न गएका थिए ।

इश्वरपुर नगरपालिका ५ फुलजोर खोलाको पूर्वी किनारमा स्थानीय मंगल महतोको जग्गामा क्रसरले खनेको खाल्डोमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

ठूलो खाल्डोमा डुब्दा उनको शव खोज्न प्रहरीलाई सकस परेको थियो । सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर टोली शव फेला पारेर निकालेको थियो ।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

 

प्रकाशित : 25 August, 2024

प्रतिक्रिया दिनुहोस्