नेप्सेमा उच्च अंकको गिरावट
सहयात्रा टिभी
काठमाडौं । भदौ ९, आइतबार सेयर बजार परीसुचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।