बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार ४० वर्षीय रूपक वान्तवाको हत्या भएको हो ।

शंखमुलमा रहेकाे टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको काठमाडौै‌ उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएपनि ज्यान जोगाउन सकिएन । घटनामा संलग्न भएको आराेपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 26 August, 2024

प्रतिक्रिया दिनुहोस्