अध्यक्ष प्रचण्डले संसदमा आज सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् ।

आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने छन् । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका छन् ।

 

 

प्रकाशित : 27 August, 2024

प्रतिक्रिया दिनुहोस्