रास्वपाको केन्द्रीय समितिको बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ ।

समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका विषय रहेको रास्वपाका नेताहरूले बताएका छन् ।

रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ । अनुशासनात्मक कारबाहीमा एजेण्डा अन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।

 

 

प्रकाशित : 27 August, 2024

प्रतिक्रिया दिनुहोस्