घरेलु मैदानमा नेपालले आज बंगलादेशसँग फाइनल खेल्दै
काठमाडौं । भदौ १२, भइरहेको साफ यू–२० च्याम्पियनसिपको उपाधि लक्ष्यमा रहेको नेपालले आज बंगलादेशसँग फाइनल खेल खेल्दैछ ।
फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः४५ बजे सुरु हुनेछ । सुरुमा अखिल नेपाल फुटबल संघ ९एन्फा० ले साफ यू–२० को फाइनल दशरथ रंगशालामा गर्ने तयारी गरे पनि दैनिक पानी परिरहेकाले फाइनल खेल पनि एन्फा कम्प्लेक्समै खेलाउन लागिएको हो ।
सिनियरतर्फ नेपालको पुरुष र महिला दुवै टोलीले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् । यस्तोमा नेपाललाई साफ क्षेत्रमा जुनियर टिमले नै सफलता दिलाउँदै आएका छन् ।
सन् २०१५ मा नेपालबाट सुरु भएको साफ यू–१९ मा नेपालले पहिलो संस्करणको फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो ।
यस्तै २०१७ मा भुटानमा भएको साफ यू–१८ मा पनि नेपाल च्याम्पियन बनेको थियो । राउण्ड रोविन लिगका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल शीर्ष स्थानमा रहेर सिधै च्याम्पियन बनेको थियो ।