ओलीको फेसबुक पेजमा ‘अनफलो’ अभियान चल्यो, ६६ हजार फलोअर्स घटे

सहयात्रा टिभी

काठमाडौं । भदौ १९ , काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् ।

२०८१ भदौ १८ गते मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोस्टफेसबुकले डाउन गरेको सचिवालयले दाबी गरेको थियो ।

त्यसपछि भदौ १८ गते मंगलबारनै बालेनले पोस्टहटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोस्टगर्दै आफ्नो पोस्टसरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले प्रधानमन्त्री ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।

भदौ १८ गते मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा भदौ १९ गते बुधबार बिहान ६ लाख मात्र रहेका छन् ।

बालेनले २०८१ भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । सो पोस्टहटेपछि शुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ ।

प्रकाशित : 4 September, 2024

प्रतिक्रिया दिनुहोस्