पर्वतको अर्मादीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

काठमाडौं । भदौ १९ , पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको प्रहरीले जनाएको छ ।
ग १ झ ६९५ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो करिब ४ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा एम्बुलेन्समा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिएका छन् ।
बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।