‘रंगी’ बनाउँदै सलोन, निर्देशनमा डेव्यू गर्दै न्यौपाने

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, सलोन-सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको डेब्यू निर्देशन रहने छ ।

निर्देशक न्यौपानेसँग फिल्म छक्का पन्जा, ए मेरो हजुर-२, यात्रा, म यस्तो गीत गाउँछु-२, कृलगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ । निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको छ, जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्तहुँदै गरेको देखाइएको छ । फिल्मले बाबु-छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

सक्षम सुवेदी निर्माता रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् । फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन् ।

प्रकाशित : 9 September, 2024

प्रतिक्रिया दिनुहोस्