सुवास नेम्वाङको आज पहिलो स्मृति दिवस

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङविनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौँ क्षण आएको बताएका छन् । सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झिँदै उनले यस्तो बताएका हुन् । ‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो । सुवासजीविनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौँ क्षणहरू आए । आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित : 11 September, 2024

प्रतिक्रिया दिनुहोस्