चिनियाँ विद्युतीय गाडीआयातमा ३६ प्रतिशतसम्म कर लगाउने योजना

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ विद्युतीय गाडीको आयातमा ३६ प्रतिशतसम्म कर लगाउने योजनामा युरोपेली सङ्घ (ईयू) ले पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

 

आज स्पेनी प्रधानमन्त्रीले कर लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न आह्वान गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

युरोपेली आयोगले गएको महिना चीनबाट आयात हुने विद्युतीय गाडीमा पाँच वर्षका लागि ३६ प्रतिशतसम्म कर लगाउने घोषणा गरेको थियो ।

त्यसलगत्तै बेइजिङले चीनमा आयात गरिएका केही दुग्ध उत्पादनहरूमा ईयूको अनुदानबारे अनुसन्धान शुरू गर्ने बताएको थियो । रचनात्मक ढङ्गबाट चीन र युरोपेली आयोगबीच सम्झौता गरेर समाधान खोज्ने प्रयास गर्ने उहाँको भनाइ छ ।

यसैबीच स्पेनी प्रधानमन्त्री सान्चेजले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ लगायत शीर्ष अधिकारीहरूसँग भेट गरेर संवाद र सहयोगको आह्वान गर्नुभएको छ ।

 

 

प्रकाशित : 11 September, 2024

प्रतिक्रिया दिनुहोस्