बुटवल–गोरुसिङ्गे सडक वन्यजन्तुमैत्री अण्डर पास बनाइँदै
काठमाडौं । भदौ २७, भारतको नेसनल हाइवे–४४ को जंगल क्षेत्रमा ठूला वन्यजन्तु ओहोर–दोहोरका लागि बनाइएको अण्डर पास जस्तै गरी नेपालमा पनि वन्यजन्तुमैत्री सडकखण्ड बनाइने भएको छ।
दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइने भएको छ ।
यो सडक विस्तार योजना अन्तर्गत पहिलो चरणमा बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड चार लेन बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लागिसकेको छ । असोज पहिलो हप्ताभित्र ठेक्का पाएको चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले काम शुरु गर्ने तयारी छ ।
नेपालका मुख्य राजमार्गहरु हालसम्म वन्यजन्तुमैत्री बनेका छैनन् । वन्यजन्तुविद्हरुले जनावर र मानवबीच हुने द्वन्द्व, दुर्घटना र त्यसबाट हुने क्षति रोक्न तथा जैविक विविधता र वातावरण संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड दिँदै आएका छन् ।
लामो वा रेखीय पूर्वाधार निर्माण गर्दा वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने पूर्वाधार निर्माण गर्नुपर्ने, वन्यजन्तुको बासस्थान, गतिविधिलगायत अध्ययन गरेर मात्र सडकमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइनुपर्ने मागलाई यो सडकमा सम्बोधन हुँदैछ ।
एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागिएको यो सडक नेपालकै पहिलो वन्यजन्तुमैत्री तथा वातावरणमैत्री हुने।
चितवनको रामनगर–आँपटारी जंगल क्षेत्रमा पनि साना अन्डरपास बनाइए पनि ती वन्यजन्तुमैत्री छैनन् । एडीबीको सहयोगका विस्तार भइरहेको बुटवल–नारायणगढ सडकखण्डको ११५ किलोमिटर क्षेत्रमा ११२ वटा अन्डरपास बनाएका छन् । ५० मिटर फराकिला दुई वटा ओभरपास बन्ने क्रममा छन् । ३० वटा पुल, १४९ वटा कल्भर्ट र ६ वटा अण्डर पास बनाइने