तिलोत्तमामा सर्प महोत्सव सर्पसम्बन्धी अध्ययन अनुसन्धान गर्ने
काठमाडौं । भदौ ३१, सर्पसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तराष्ट्रिय संस्था अल्कोबाका अनुसार सन् २०२२ मा नेपालमा ४० हजार जनालाई सर्पले डसेको थियो । सर्पदंशबाट सो वर्ष करिब तीन हजार जनाको मृत्यु भयो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् १९८७ मा नेपालमा वार्षिक २० हजार जनालाई सर्पले डसेको थियो भने एक हजार जनाको मृत्यु भएको थियो ।
तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयोगमा शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र (वनवाटिका) परिसरमा अन्तर्राष्ट्रिय सर्पदंश दिवस पारेर असोज असोज १ र २ गते महोत्सव हुन लागेको महोत्सवका संयोजक तथा सर्प विशेषज्ञ कमल देवकोटाले बताए ।
यसरी हेर्दा नेपालमा सर्पदंशको दर र मृत्युदर बर्सेनि बढ्दो छ । अन्य वन्यजन्तुको तुलनामा सर्पदंशबाट हुने मानवीय क्षति बढी भएपनि यसको रोकथामका लागि सम्बन्धित सरकारी निकायले पर्याप्त चासो नदिएको र लगानी पनि नगरेको सरोकारवाला गुनासो गर्दै आएका छन् ।
यही परिवेशमा ‘मानव र सर्प बीच सहअस्तित्व प्रवद्र्धन’ नारासहित लुम्बिनी प्रदेशमै पहिलोपटक तिलोत्तमाको वनवाटिकामा सर्प महोत्सव तथा अन्तर्राष्ट्रिय सर्पदंश जनचेतना दिवस आयोजना गरिएको छ ।
महोत्सवले सर्प र पर्यावरण तथा वातावरणबीचको सम्बन्ध, जैविक विविधता संरक्षणमा सर्पको भूमिका, सर्प र मानवबीच द्वन्द्व न्यनीकरण, सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्ने देवकोटाको दाबी छ ।
महोत्सवमा देशभरबाट जम्मा हुने करिब ३५ जना सर्पविज्ञले सर्पका प्रजातिबारे जानकारी, सर्पले टोकेको अवस्थामा के गर्ने, सर्पलाई अनाहकमा मार्न नहुनेबारे आम जनसमुदायमा सचेतना फैलाउनेलगायत विभिन्न गतिविधि हुने सर्पविज्ञ देवकोटाले जानकारी दिए ।