केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समितिले बुझाएको सहकारी ठगी सम्बधित प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने

सहयात्रा टिभी

काठमाडौं । असोज १, उपप्रधानमन्त्री एवंम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।

मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा संलग्नमाथि कारवाही प्रक्रिया अघि बढाइने बताएका हुन् ।

गोर्खा मिडियामा सहकारीको रकम दुरुपयोग भएको सन्दर्भमा संसदीय समितिले तत्कालीन समयमा प्रबन्ध निर्देशकको भूमिकामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि समेत प्रचलित कानुनबमोजिम कारवाही गर्न सिफारिस गरेको छ ।

तर लामिछानेले भने संसदीय समितिले आफूलाई सहकारी ठगी प्रकरणमाा क्लीन चिट दिएको दाबी गर्दै आएका छन् । यो कुरामा टिप्पणी नगरेका उपप्रधानमन्त्री सिंहले भने समितिको प्रतिवेदनकै आधारमा कारवाही प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

 

प्रकाशित : 17 September, 2024

प्रतिक्रिया दिनुहोस्