केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपमेयर सुनिता डङ्गोल गएराति अमेरिका प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । असोज ३, काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन गएराति अमेरिका प्रस्थान गर्नुभएको छ ।

उपमेयर डङ्गोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गर्नुभएको थियो ।

डङ्गोलसँगै मनोनयनमा पर्नुभएका डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गर्नुभएको छ ।

महासभाको गएको भदौ २७ गते औपचारिक उद्घाटन भइसकेको छ । महासभा बैठकअन्तर्गतको ‘समिट अफ द फ्युचर’ मा उपमेयर डङ्गोललाई काठमाण्डौमा रहेको यूएनको प्रतिनिधि कार्यालय र सरकारले युवा नेतृत्व प्रतिनिधिका रूपमा मनोनयन गरेको हो । महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपमेयर डङ्गोल सहभागी हुनुहुनेछ ।

उपमेयरको सचिवालयका अनुसार उहाँले समिटका साथै संयुक्त राष्ट्रसङ्घका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा सहभागिता जनाउनुहुनेछ ।

 

प्रकाशित : 19 September, 2024

प्रतिक्रिया दिनुहोस्