केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारद्धारा करिब साढे १२ सय कर्मचारीको सरुवा

सहयात्रा टिभी

काठमाडौं । असोज ३, सरकारले करिब एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो ।

केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ । यसबीचमा ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिहवरुको सरवा भएको छ ।

निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने हुन्छ । त्यसअनुसार अहिले मन्त्रालयले कर्मचारीहरुको नियमित सरुवा गरेको हो ।

 

प्रकाशित : 19 September, 2024

प्रतिक्रिया दिनुहोस्