केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानीय तहमा दलविहीन आधारमा निर्वाचन गराउनुपर्ने उपेन्द्र यादवको सुझाव

सहयात्रा टिभी

काठमाडौं । असोज ४, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् ।

उनले संविधान पूर्ण रुपमा कार्यान्वयन नहुँदा समस्या भइरहेको बताए । अध्यक्ष यादवले स्थानीय तहमा दलविहीन आधारमा निर्वाचन गराउनुपर्ने पनि बताए । दलगत निर्वाचन प्रणालीलाई प्रदेश र संघमा मात्रै सीमित गर्नुपर्ने उनको सुझाव छ ।

यादवले ७ प्रदेश व्यवस्था पनि अव्यवहारिक र अवैज्ञानिक रहेको बताए । उनले राज्य पुनःसंरचना आयोगले दिएको दश प्लस एक प्रदेशको अवधारणा नै उपयुक्त रहेको सुनाए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले नेपालमा प्रधानमन्त्रीय शासन प्रणाली असफल भइसकेको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीय शासकीय स्वरुपले भ्रष्टाचार र राजनीतिक अस्थिरता खडा गरेको बताए ।

यादवले संविधानमा निर्वाचन प्रणाली नै संशोधन गर्नुपर्ने पनि बताए । उनले सत्ताको दुरुपयोग र भ्रष्टाचार गर्ने जग नै नेपालको निर्वाचन प्रणाली भएको पनि दाबी गरे ।

यादवले प्रतिनिधि सभाबाट समानुपातिक हटाएर राष्ट्रिय सभामा लैजाने प्रस्ताव मान्य नहुने बताए । उनले भने, ‘समानुपातिक प्रणालीबाट निमुखा जनताहरु, सिमान्तकृत जनताहरु, महिलाहरु प्रतिनिधित्व गर्न पाएका छन् । उनीहरुले आवाज उठाउन पाएका छन् । त्यो आवाजलाई बन्द गर्ने षड्यन्त्र हो । यो मान्य छैन ।’

उनले यही प्रतिनिधि सभाको कार्यकालमा संविधान संशोधन हुनेमा आफूलाई विश्वास नलागेको पनि बताए । उनले आफू मन्त्री भएकाबेला संविधान संशोधन गर्न खोजे पनि असफल भएको बताए ।

 

प्रकाशित : 20 September, 2024

प्रतिक्रिया दिनुहोस्