केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छानबीन समितिद्धारा रविलाई कारबाही सिफारिसका आधार प्रस्तुत

सहयात्रा टिभी

काठमाडौं । असोज ४, सहकारी बचत रकम छानबीन समितिले गोरखा मिडिया नेटवर्क प्रालिमार्फत् भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने पाँच आधार प्रस्तुत गरेको छ ।


शुक्रबार सार्वजनिक भएको पूर्ण प्रतिवेदनले गोरखा मिडियामा विभिन्न सहकारीबाट ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ आएको उल्लेख गरेको छ । ६५ करोडमध्ये बाँकी गोरखा मिडियाकै नाममा संकलन भएको छ ।

तर सूर्यदर्शन, सुप्रिम, साहारा, स्वर्ण लक्ष्मी र सानो पाइला सहकारीबाट ४३ करोड रकम गोरखा मिडियामा आउनु पनि गैरकानूनी भएको निष्कर्ष समितिले निकालेको छ ।

यी सहकारीहरु मध्ये कतिपयले सापटी, कतिपयले ऋण र कतिमा सञ्चालकका नाममा ऋण खडा गरेर रकम प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । तर यी कुनैपनि विधि वैधानिक नभएको समितिको ठहर छ ।

‘सहकारीबाट कुनैपनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रालिमा सिधा रकम प्रवाह हुनु गैरकानुनी हो’ प्रतिवेदनमा लेखिएको छ ।

यसरी गोरखा मिडियामा सहकारीको रकम आउनु नै गैरकानुनी भएको निष्कर्ष निकालेपछि समितिले गितेन्द्रबाबु राई (जीबी), रवि लामिछाने लगायत रकम हिनामिनामा संलग्नहरुको भूमिकाबारे उल्लेख गरिएको छ । र, रवि लामिछाने समेत दोषी देखिएकाले कारबाही सिफारिस गरिएको छ ।

समिति समक्ष भएका बयानहरुलाई रवि लामिछानेको संलग्नता पुष्टि हुने पहिलो आधार मानिएको छ । यद्यपि राईसँग बयान लिन नपाइएको समितिले जनाएको छ ।

तर रवि लामिछाने, छबिलाल जोशी लगायतसँग बयान लिइएको छ । बयान लिइएका मध्ये छबिलाल जोशीले गोरखा मिडियामा आउने रकमबारे जीबी राई वा रवि लामिछानेलाई थाहा हुने बताएका छन् ।

 

प्रकाशित : 20 September, 2024

प्रतिक्रिया दिनुहोस्