पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्ष र श्रीमतीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असोज १२, अविरल वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखु पाखरमा दुई जनाको मृत्यु भएको छ ।

गएराति आएको पहिरोले पुरीएर लिसंखु पाखर –३ का पूर्ववडाध्यक्षसमेत रहेका काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिए ।

पुरानो घरमा सुतिरहेको बेला राति १ बजे तिर आएको पहिरोले दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिए । पहिरो गएको थाहा पाएपछि राती नै स्थानीय उद्धारमा गएका थिए ।

सिन्धुपाल्चोकको अन्य विभिन्न क्षेत्रमा पनि अविरल वर्षाको कारण जनजिवन प्रभावित भएको छ । सुनकोशी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्ग लगायत अन्य सहायक मार्गहरुमा पहिरोले सडक अवरुद्ध भएको छ ।

प्रकाशित : 28 September, 2024

प्रतिक्रिया दिनुहोस्