विदेशी खेलाडीको साथमा स्याङ्जाको वालिङपनि सुपर लिगमा प्रवेश

सहयात्रा टिभी

काठमाडौं । असोज १३, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेशले तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबसँगै एन्फा महिला लिगको दोस्रो चरणमा स्थान बनाएको छ ।

विभागीय टोलीबाहेक शीर्ष पाँचमा स्थान पक्का गर्दै सुपर लिगमा प्रवेश गरेको दुई टोलीमध्ये वालिङ नगरपालिका काठमाडौं बाहिरको टोली हो ।

पहिलो चरणमा १० टोली सहभागी भएकोमा वालिङले ९ खेल खेल्दा ५ खेल जित्दै १५ अंक जोडेर चौथो स्थानमा लिग सकायो । ४ खेलमा भने वालिङ पराजित भयो ।

पहिलो चरणमा वालिङ तीन विभागीय टोलीबाहेक कोशी प्रदेशसँग पराजित भएको थियो । बिहीबार भएको पहिलो चरणको अन्तिम खेलमा चन्द्रपुर नगरपालिकालाई २-१ ले पराजित गरेपछि वालिङले सुपर लिगमा स्थान पक्का गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा चन्द्रपुरले खेलभर दबाब बनाएपनि पहिलो हाफमा गरेको दुई गोलमा जित निकालेको थियो ।

वालिङले पछिल्लो तीन महिला लिगमा लगातार सहभागिता जनाउँदै आएको छ । लिगमा विभागीय टोली बाहेक लगातार सहभागी जनाउने सिभिल टोलीको रुपमा रहेको वालिङले विदेशी खेलाडी ल्याउदा राम्रो नतिजा ल्याएको छ ।

यस पटक पनि विदेशी खेलाडीको सहयोगमा वालिङले राम्रो नतिजा निकालेको छ ।

 

प्रकाशित : 29 September, 2024

प्रतिक्रिया दिनुहोस्