माघे संक्रान्ति र माघे पर्व देशभर मनाईदै
काठमाडौ । माघ–१ आज सोमबार माघेसंक्रान्ति पर्व, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आज देशभर स्नान, दान आदि विभिन्न धार्मिक कार्य गरी मनाईदैछ । आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडी आदि परिकार खाइन्छ । यी परिकारले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । थारु समुदाय यो पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रूपमा मनाईन्छ भने मगर समुदायले माघे सङ्क्रान्तिलाई प्रमुख चाडको रुपमा मनाईन्छ । र नेवार समूदायले ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ ।
पुसको अन्तिम दिन हिजो रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने चलन छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।
आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा मेला लाग्छ ।