नेपालसहित ३२ देशका लागि दसैँको टिकाको साइत सार्वजनिक
काठमाडौं । असोज १४, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टिकाको साइत सार्वजनिक गरेको छ ।
विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजयादशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्यसचिव लक्ष्मण पन्थीले जानकारी दिए ।
समितिले दिएको साइतअनुसार नेपालको काठमाडौंका लागि असोज २६ गते बिहान ११ :३६ बजेको साइत शुभ रहेको छ ।
यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ :४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १० :०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १० :३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ :४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १० :०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ :५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ :३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।
यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १० :१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १० :२७ बजेको साइत उत्तम रहेको सदस्यसचिव पन्थीले बताए ।
टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ :३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ :२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ :२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ :२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ :१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ :२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिए ।
लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १० :२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १० :२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १० :२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १० :१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ :५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ :४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ :०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ :२१ बजेका लागि टीकाको साइत रहेको छ ।
सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ :१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९ :१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ :४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ :४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ :२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ :२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ :५५ र माल्टामा १२ अक्टोबर बिहान १० :४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले जानकारी दिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उनको भनाइ छ ।