रसुवागडी नाका एक हप्ता व्यापारिक कारोवार बन्द

सहयात्रा टिभी

काठमाडौ । माघ–१ आजदेखि एक साताका लागि रसुवागढी नाकाबाट व्यापारीक कारोबार नहुने भएको छ । चिनियाँ सरकारले आगामी बिहिबार पर्ने सानो ल्होसारको समयमा बिदा दिदा केरुङमा चिनियाँ भन्सारले कन्टेनरमा शिल नगर्ने भएपछि एक हप्ता सामान आयात रोकिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताउनुभयो ।

सामान लिन केरुङ पुगेका कन्टेनरमा चिनियाँ भन्सार अधिकारीहरुले हिजो आइताबार शिल लगाएको कोइरालाले बताउनुभयो । हिजो शिल लगाइएका कन्टेनर आज साँझसम्म रसुवागढी आइसक्नेछन् । कोइरालाका अनुसार सामान आयात रोकिए पनि पर्यटक बोक्ने सवारी र नागरिकलाई आवतजावत गर्न समस्या भने पर्ने छैन । भन्सारको कन्टेनरमा शिल नलगाउने भएपछि व्यावसायी नेपाल फर्कने थालेको आयत निर्यातकर्ता धर्म पौडेलले बताउनुभयो ।
भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका संचालन हुँदै आएको छ ।

प्रकाशित : 15 January, 2018

प्रतिक्रिया दिनुहोस्