नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो
सहयात्रा टिभी
नवलपरासी । असोज १९, सडक भासिएर अवरुद्ध भएको पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा आएको छ ।
बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज १० बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।