=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


नवरात्रको आज चौथो दिन, तपाईंको राशिफल

सहयात्रा टिभी

आज २०८१ साल असोज २० गते आइतबारको राशिफल


मेष : मन प्रशन्न रहनेछ। मेहनतको फलस्वरुप धन हात लाग्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। शत्रुमाथि विजय प्राप्त हुने दिन छ। आज खर्च बढ्ने भएकाले खर्च गर्ने बेलामा सचेत हुनुपर्नेछ।

वृष : आजको तपाईंको यात्रा कष्टकर हुनसक्छ। मन अशान्त रहनेछ। पढाइमा ढिलासुस्ती हुनेछ। व्यापारमा निराशा मात्र मिल्ने जोखिम रहेको छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

मिथुन : मन अशान्त र निरास रहने दिन छ। पारिवारिक कारणले मनमा चिन्ता र असन्तुष्टि रहनेछ। आज दिनभर कसैसँग विवाद नगर्नु राम्रो हुनेछ। परिवारमा तपाईंको कुरा नसुन्ने संख्या धेरै हुनसक्छन्।

कर्कट : धन प्राप्त हुने दिन छ। नयाँनयाँ लुगा लगाउने अवसर मिल्नेछ। आफन्तले साथ र सहयोग गर्नेछन्। स्वास्थ्यमा लाभ भए पनि सञ्चित धन खर्च हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : मानसिक रुपमा खटपटी बढ्नेछ। कुटुम्बसँगको व्यवहार सुमधुर बन्नेछ। शिक्षा र स्वास्थ्यमा प्रगति हुनेछ। शत्रुमाथि विजय हुने दिन छ। यात्रामा समस्या पर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्या : शुभग्रहको बहुमत रहेको छ। आफन्तसँग भेट हुनेछ। नयाँ लुगा लगाउन पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवनमा सुख र शान्ति मिल्ने दिन छ।

तुला : समय तपाईंका लागि अनुकुल छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ। आफ्नो ख्याल नगर्दा रोग बढ्नेछ। परोपकारका नाममा ऊर्जा खर्च हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिक : सोचेको काम बन्नेछ। धन लाभ हुने दिन छ। मिठो खान पाइने छ। सन्तान र मित्रबाट साथ मिल्नेछ। स्वास्थ्यमा भने सचेत बन्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। राज्यको निगरानी भइरहेकाले सचेत बन्नु राम्रो हुनेछ। धार्मिक स्थलको दर्शन गर्नाले मन प्रशन्न हुनेछ। परिवारसँगको सम्बन्धले सुख मिल्नेछ।

मकर : मन अशान्त बन्नेछ। हरेक कार्यमा बाधा पुग्नेछ। दुर्गाको सेवा गर्न सकेमा घरमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : स्वास्थ्यको ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। आकस्मिक संकट आइपर्ने खतरा देखिन्छ। बिहानै शिव भजन सुनेको भए दिन शान्त बन्नेछ।

मीन : धन लाभ हुने दिन छ। व्यापारमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिनेछ। स्वास्थ्यमा भने ख्याल गर्नु राम्रो हुन्छ।

प्रकाशित : 6 October, 2024

प्रतिक्रिया दिनुहोस्