प्रधानन्यायाधीशमा नियुक्त हुँदै राउत, आजै शपथ

सहयात्रा टिभी

काठमाडौं । असोज २०, सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत आज नियुक्त हुँदैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने भएका हुन् । साथै शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम पनि छ ।

शपथ ग्रहण कार्यक्रम आज दिउँसो साढे १ बजे निर्धारण गरिएको छ ।

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो ।

प्रकाशित : 6 October, 2024

प्रतिक्रिया दिनुहोस्