२३ औं खेल पछि म्यानचेस्टर सिटीको अपराजित यात्रा टुंगियो
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले सिजनकै पहिलो हार व्यहोरेको छ ।
आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले लिग लिडर सिटीलाई ४–३ गोल अन्तरले हराएको हो ।
एनफिल्डमा भएको खेलमा लिभरपुलले दोस्रो हाफमा ८ मिनेटभित्र तीन गोल गरेको थियो भने खेलमा फर्कने प्रयासमा सिटीले अन्तिम ६ मिनेटभित्र दुई गोल गरेको थियो ।
ओक्सलेड चम्बेर्लेनले आफूलाई स्थापित गर्ने मौका पाए र नवौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । सिटीका सानेले ४० औं मिनेटमा गोल गरे र पहिलो हाफ १–१ को बराबरीमा सकियो ।
दोस्रो हाफमा लिभरपुल हावी भयो । फिर्मिनोले ५९ औं मिनेटमा गोल गरे भने ६१ औं मिनेटमा माने र ६८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई ४–१ को अग्रता दिलाए ।
तर, सिटीले खेलमा फर्कने प्रयास जारी राख्यो । ८४ औं मिनेटमा बनान्डो सिल्भाले गोल गरे भने इन्जुरी टाइममा गुन्डोगोनले गोल गरे ।
तर, टिमको हार टार्न सकेनन् । हारका बाबजुद सिटी १५ अंकको अग्रताका साथ लिगको शीर्ष स्थानमा छ ।