देशका अधिकांश भूभागको मौसम सफा रहने

सहयात्रा टिभी

काठमाडौं । असोज २५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

 

प्रकाशित : 11 October, 2024

प्रतिक्रिया दिनुहोस्