=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


दुई हप्तापछि सञ्चालनमा आयो बीपी राजमार्ग

सहयात्रा टिभी

काठमाडौं । असोज २५, बाढीपहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ । पूर्णरुपमा अवरुद्ध राजमार्ग आजदेखि एकतर्फी खुलेको हो ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । रोशी ९ मंगलटारका स्थानीय रूपक अधिकारीका अनुसार बोक्सीकुनाको डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन् ।

यही असोज ११ र १२ गतेको वर्षा र बाढीले बीपी राजमार्गका ठाउँ ठाउँमा क्षति पुर्‍याएको थियो । रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकी डाँडादेखि तल नेपाल थोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत भएको थियो । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा शर्माको नेतृत्वमा प्राविधिकको टिम फिल्डमै खटिएर काम गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका थिए ।

प्रकाशित : 11 October, 2024

प्रतिक्रिया दिनुहोस्