साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १ , सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । कीर्तिमानी पाँचपल्टको च्याम्पियन भारत दक्षिण एसियाली फुटबलमा सधैँ बलियो मानिन्छ । महिला फुटबलमा पाकिस्तान खासै बलियो छैन । तर, भारतविरुद्ध पाकिस्तानको खेलले सधैँ ध्यान खिच्ने गरेको छ। भारत यो साफमा फिफा वरीयतामा सबैभन्दा माथिको टिम हो भने पाकिस्तानले एकपल्ट सेमिफाइनल (साफ २०१०) खेलेको छ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । भोलि शुक्रबार नेपालले भुटानसँग भिड्नेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

प्रकाशित : 17 October, 2024

प्रतिक्रिया दिनुहोस्