कुशलको सानदार ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ४, कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपालले घरेलु टोली अमेरिकालाई दोस्रो टी–२० आई शृंखलामा १७१ रनको लक्ष्य दिएको छ।

ग्रान्ड पेएरी स्टेडियमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो।

नेपाललाई बलियो स्थितिमा पुर्‍याउन अविजित रहेका कुशलले ५४ बलमा सात चौका र ६ छक्कासहित ८५ रनको योगदान दिए। नेपालको सुरुआत भने खराब ब्याटिङबाट भएको थियो। ओपनर आसिफ शेख १ रनमै पेभिलियन फर्किए। त्यसपछि नेपालको इनिङ्स अनिलकुमार साह र भुर्तेलले उकासेका थिए। उनीहरुबीच दोस्रो विकेटका लागि ५९ रनको साझेदारी भयो। अनिल ३१ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २५ रनमा आउट भए।

नेपालको इनिङ्स अगाडि बढाउन गुलसनकुमार झाले १९ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान दिए। तर, भर्पदा ब्याटर दीपेन्द्रसिंह ऐरी पुन: चल्न सकेनन्। तीन बल खेलेका उनी दुई रनमा आउट भए भने आसिफ शेख पनि एक रनमा पेभिलियन फर्किए। यद्यपि, सातौं नम्बरमा कृजमा आएका करण केसीले पहिलो बलमै छक्का प्रहार गर्दै नेपालको स्कोर बोर्डमा १७० रन पुर्‍याए।

प्रकाशित : 20 October, 2024

प्रतिक्रिया दिनुहोस्