संसद सचिवालयले भारतसँग ३८ कार र ७५ मोटरसाइकल माग्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।

भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अधिकारीहरू भारत सरकारबाट सहयोग प्राप्त हुने विश्वास रहेकाले गृहकार्य अगाडि बढेको बताउँछन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद सचिवाललयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सावारी साधनका लागि समन्वय भएको बताउँछन् ।

 

 

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्