=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


मनाङेले छाडेपछि भेषबहादुरले पाए मन्त्री हुने अवसर

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, लमजुङका भेषबहादुर पौडेल वन तथा वातावरण मन्त्री बनेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार नेकपा एमालेलाई दिएर राजीव गुरुङ (दीपक मनाङे)लाई वनको जिम्मेवारी दिएका थिए ।

तर मनाङेले वन मन्त्रालय अस्वीकार गर्दै राजीनामा दिएपछि शेखर कोइराला–गगन थापा समूहबाट भेषबहादुरले मन्त्री हुने अवसर पाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले लामो रस्साकस्सीपछि १७ भदौमा एमालेलाई सरकारमा सहभागी गराएका थिए । एमालेले मनाङेलाई हटाउनुपर्नेमा जोड दिएको थियो ।

तर आफूलाई अप्ठ्यारोमा विश्वासको मत दिएको भन्दै गठबन्धन बाहिरका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका मनाङेलाई नहटाउने अडान लिए ।

७ बाट बढाएर ९ मन्त्रालय बनाउँदै एमालेलाई ४, कांग्रेसलाई ३ मन्त्रालय दिने सहमति भयो । तर वन मन्त्रालयको कुनै औचित्य नरहेको भन्दै मनाङेले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

मनाङेले राजीनामा दिएको ५० दिनपछि भेषबहादुर मन्त्री बने । यसअघि सरकारमा संस्थापन पक्षका मात्र नेताहरु थिए ।

शेखर–गगन समूहले जसरी पनि एक जना मन्त्री सहभागी गराउनैपर्ने दबाब दिएका थिए, तर गठबन्धनमा सहमति नभएको भन्दै टारेका थिए । मुख्यमन्त्री पाण्डेले शेखर–गगन समूहकै आग्रहमा भेषबहादुर मन्त्री बनाएर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

 

 

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्