“सपना”
सहयात्रा टिभी
यमुना थापा
छुट्दैछ म बाट
आमाको हातको त्यो न्यानो स्पर्श,
छुट्दैछ म बाट
बाबाको त्यो प्यारो काध,
र
बिस्तारै, बिस्तारै समयले जवानी भरिदिएको छ ममा ।
र
यसैगरी भरिदिने छ बुढेसकाल पनि एकदिन,
सकिएर एउटा समय सुरु भइसकेको फेरि अर्को समय यहि कालमा,
जहाँ म पछ्याईरहेकी छु, ती तमाम
रहरहरुलाई, अनि ती तमाम सपनाहरुलाई,
बस डर छ त केबल ति रहर र सपनाहरुलाई पछ्याउदा पछ्याउदै म स्वयम् नै बिलिन नभईदियोस् यो गुमनाम दुनियाँमा ।