=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


भारत र चीन सिमानामा हुने सैनिक गस्तीको विषयमा सम्झौता

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२–२३ अक्टुबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुअघि सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एल सी मा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको हो ।

सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा हो हो ।

यद्यपि यस सम्झौताको विषयमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । तर कतिपयले यसलाई दुई देशबीचको सम्बन्ध सुधारको संकेतको रुपमा हेरेका छन् । त्यसो त यस्ता सम्झौता विगतमा पनि भएका थिए तर सीमा क्षेत्रमा भारत र चीनबीचको तनाव अन्त्य भने भएको छैन ।

सोमबार भारतीय विदेशमन्त्री डा एस जयशंकरले निजी समाचार च्यानल एनडिटिभीको एक कार्यक्रममा तनाव कम गर्नका लागि भारत र चीनबीच भएको वार्तामा सहमति जुटेको र यस सम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक हुने बताएका छन् ।

उनले सन् २०२०सम्म भारतले चीनसँग जोडिएको सिमानामा जहाँसम्म सैनिक गस्ती गर्थ्यो, त्यहाँसम्म फेरि गस्ती गर्न पाउने पनि बताएका छन् ।

 

 

 

प्रकाशित : 22 October, 2024

प्रतिक्रिया दिनुहोस्