=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


प्रधानमन्त्री ओलीले आज सरकारका सय दिनको उपलब्धि सार्वजनिक गर्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ७, प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू नेतृत्वको सरकारको सय दिनको उपलब्धकी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले एक सय दिनमा सरकारले गरेका कामहरूको विवरण, आगामी योजना लगायतका विषय समेटेर सम्बोधन गर्ने छन् ।

एमाले अध्यक्ष समेत रहेका ओली पछिल्लो पटक प्रधानमन्त्री भएको मंगलबार एक सय दिन पुगेको छ । ओली नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच सहकार्यका लागि सात बुँदे समझदारी भएको थियो । उक्त समझदारीमा राजनीति स्थिरता र संविधान संशोधनलाई मुख्य एजेन्डा बनाइएको थियो ।

प्रकाशित : 23 October, 2024

प्रतिक्रिया दिनुहोस्