प्रधानमन्त्री ओलीले आज सरकारका सय दिनको उपलब्धि सार्वजनिक गर्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ७, प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू नेतृत्वको सरकारको सय दिनको उपलब्धकी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले एक सय दिनमा सरकारले गरेका कामहरूको विवरण, आगामी योजना लगायतका विषय समेटेर सम्बोधन गर्ने छन् ।

एमाले अध्यक्ष समेत रहेका ओली पछिल्लो पटक प्रधानमन्त्री भएको मंगलबार एक सय दिन पुगेको छ । ओली नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच सहकार्यका लागि सात बुँदे समझदारी भएको थियो । उक्त समझदारीमा राजनीति स्थिरता र संविधान संशोधनलाई मुख्य एजेन्डा बनाइएको थियो ।

प्रकाशित : 23 October, 2024

प्रतिक्रिया दिनुहोस्