आईसीसी लिग २ : नेपालले आज स्कटल्यान्डसँग खेल्दै
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १३, आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ ।
अमेरिकामा चलिरहेको लिग २ का खेलमा आज नेपाल स्कटल्यान्डलाई पराजित गरी निरन्तरको हारबाट जोगिन चाहन्छ ।
हिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ । नेदरल्यान्डस्लाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो । त्यसयता लिग २ को खेलमा नेपाल जितबिहीन छ । नेपाल अंकतालिकामा सातौँ स्थानमा छ ।
स्कटल्यान्ड र नेपालबीचको खेल आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।