प्रविधि फाइदाजनक मात्र छ त?
मुकुन्द घिमिरे
अहिलेको युगलाई विज्ञान र प्रविधिको युग पनि भनिन्छ । अहिले विज्ञान र प्रविधिमा भइरहेको विकासले मानव जीवनलाइ सहज बनाउँदै लगिरहेको छ । नेपालको पनि प्रविधिको विकाशमा अगाडि बढिरहेको छ । इन्टरनेट, मोवाइल, यातायात तथा अन्य विभिन्न क्षेत्रहरुमा भएको विकाश प्रविधि विकाशको उपज हो । यति हुदाहुदै पनि बर्तमान सन्दर्भमा यसका नकारात्मक असरहरु पनि देखिन थालेका छन् र यसको नकरात्मकताको सिकार विशेषतः युवाहरु बन्दै गएका छन् ।
उत्तर आधुनिकताबाद र बढदो प्रविधिको विकाशले आजकल सामाजिक संरचना देखि लिएर प्रेम सम्वन्ध सम्मलाई पनि प्रभाव पारेको देख्न सकिन्छ । मोवाइलमा घन्टौ कुरा गर्नु, मोटरसाइकलमा घुम्नजानु, अबेर रातसम्म फेसबुक च्याट गर्नु अहिले प्रेम सम्बन्धको नियम जस्तै बनेको छ । अधिकांश समय यसरी प्रविधिको प्रयोगमा खर्च गर्नाले एकातर्फ उनीहरुको समय र पैसा बर्बाद भइरहेको हुन्छ भने अर्को तर्फ उनीहरुमा ब्यक्तिवादी बिचारको विकाश भएर गइरहेको छ, फलतः उनीहरु समाजबाट एक्लिदै जाने, डिप्रेसनको सिकार हुने, आत्मविश्वासमा कमी आउने जस्ता समस्याहरु उत्पन्न हुन थालिसकेका छन् । अन्जान वा चिनेकै ब्यक्तिहरुसँग फोन, फेसबुक वा अन्य सामाजिक सञ्जालबाट नजिकिने र अति सामान्य कुराले समन्धमा फाटो ल्याउने र अन्ततः परिणामस्वरुप ब्ल्याकमेलिङ, आत्महत्या, डिप्रेसनका सिकार बन्नु केही युवाहरुको नियति नै बनिसकेको छ । बढ्दो प्रविधिको विकाशसँगै यस्ता परिघटनाहरु लगभग सामान्य जस्तै बनिसकेको छ । यस्तो समामाजिक अवस्थालाई सामान्य रुपमा हेरिएपनि यसले ब्यक्तिको सिर्जनात्मक तथा सामाजिक क्षेत्रमा नकरात्मक असर पार्ने गर्दछ ।
किसोरावस्था का युवायुवतिहरु लगभग कक्षा ७ देखी प्लस टु लेभलका विद्यार्थीहरु हुन । किसोरावस्था त्यसै पनि आँधिबेहेरी को अवस्था हो । यस अवस्थामा उनीहरु न बाबु आमाको कुरा सुन्छन् न त शिक्षक शिक्षिका को नै । उनीहरुमात्र साथीहरु र फेसनको पछि लाग्छन् जसमा उनीहरुको प्रेरणाको श्रोत फिल्मी दुनिया हुन पुग्छ । यो अवस्था प्रेम सम्बन्धको लागिमात्र नभइ अध्ययन तथा आफ्नो ब्यक्तित्व पनि विकाश गर्ने उमेर हो । यस्तो उमेरमा मोबाइल र इन्टरनेटको अत्याधिक प्रयोगले युवाहरुको सोचलाइ एकोहोरो बनाउदै लगेको छ । विभिन्न अध्ययनहरुले मोवाइलको अत्याधिक प्रयोगबाट एम्नीजिया जस्ता रोगहरु लाग्ने प्रमाणित गरिसकको छ । एम्नीजिया एउटा बिर्सने रोग हो जसमा मानिसले सानो कुराहरु विर्सदै जान्छ, जस्तै कि समानहरु बोक्न बिर्सने, सोचिरहेको कुराहरु पनि भन्ने समयमा विर्सने आदी । बृद्घ अवस्थामा यो रोग समान्य मानिए पनि युवा अवस्थामा यस्तो समस्या आउनु आफैमा दुखदायी छ । त्यसैले अहिलेका युबाहरुले मोवाइल फोनको प्रयोग घटाइ अन्य रचनात्मक क्षेत्रहरुमा अगाडि बढ्नु आवश्यक छ ।
कुनै पनि बस्तुको सकात्मक र नकारात्मक दुवै पाटोहरु हुन्छन्, जब त्यस बस्तुको अत्याधिक प्रयोग हुन थाल्दछ तब त्यसको नकरात्मकताले बढि गाँज्न थाल्दछ । बर्तमान परिपेक्षमा मोबाइल एउटा अत्यावश्यक बस्तु हो जो ब्यक्तिको दैनिक जीवनको बिभिन्न क्षेत्रहरुमा अपरिहार्य बन्दै गएको छ । यसले विश्वलाई विश्वग्राम ९न्यिदब िखष्ििबनभ० को रुपमा विकशित गरिसकेको छ । तथापी यसका विभिन्न नकरात्मक पक्षहरुलाई पनि आँखा चिम्लिन सकिन्न । अहिलेका अधिकांश युवाहरु यस्को नकरात्मकताको सिकार बन्दै गइरहेका छन् । मानिसहरु एकातर्फ विश्व सँग जोडिएका छन् भने अर्को तर्फ आफ्नो परिवार तथा नजिकका आफन्तजनहरुसँग टाडिँदै गइरहेका छन् । अहिले विभिन्न माध्यमबाट आइरहेका ‘ब्लुह्वेल’ जस्ता गेमका कारणले मानिसहरुको मृत्यु भइरहेको छ । सामाजिक संजाल तथा इन्टरनेटबाट फैलिएका यस्ता विभिन्न गेमहरुले विभिन्न युवाहरुलाई विभिन्न लेभल कटाउने नाममा समाजबाट एक्लो बनाइ अन्त्यमा आत्महत्याको स्थिति सम्म पु¥याएको छ ।
समग्रमा हेर्दा मोबाइल तथा इन्टरनेटको समयानुकुल चल्नका लागि तथा दैनिक जीवनका क्रियाकलावहरु सहज बनाउनका लागि अत्यावश्यक छ । ‘धेरै खायो भने चिनी पनि तितो हुन्छ’ भने झै यसको अत्याधिक प्रयोगले विशेष गरी युवा वर्गहरुमा तत्कालीन रुपमा खास असर नदेखिएता पनि नदेखिएतापनि दीर्घकालीन रुपमा ठूलो हानी गर्ने किसिमका असरहरु पारिरहेको छ । मोवाइलबाट उत्पन्न हुने बिकिरणले मानव मस्तिष्कको कार्यक्षमता घटाउदै लगिरहेको छ, यसको साथै अवेरसम्म मोवाइल चलाउनाले अनिदो हुने, सिर्जनात्मक क्षेत्रमा मन नजाने, समाजबाट एक्लिदै जाने जस्ता समस्याहरु देखा परिरहेका छन् । यसबाट बच्नकालागि समयमा नै सजक हुन आवश्यक छ ।